ओलीलाई विश्वप्रकाशको जवाफः ए- प्रचण्डपथमा पो लाग्यो ?

२०७८ जेष्ठ १० साेमबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसप्रति टिप्पणी गर्दै ‘प्रचण्डपथमा लागेजस्तो छ’ भनेपछि प्रवक्ता विश्वप्रकाश शर्माले जवाफ दिएका छन् । प्रवक्ता शर्माले बिहान ट्वीटमार्फत ओलीको आरोपको जवाफ दिएका हुन् ।

एमाले अध्यक्षसेमत रहेका ओलीले आइतबार सरकारी निवास बालुवाटारमा माओवादीको त्यस्तो चरित्रमा लोकतान्त्रिक शक्ति मानिने कांग्रेस पनि सामेल भएको आरोप लगाएका थिए । कांग्रेसप्रति टिप्पणी गर्दै उनले ‘जनताको मतबाट शासन प्राप्त गर्ने वा सरकार बनाउने लोकतान्त्रिक बाटो हुनुपर्छ, अगाडि बढ्नुपर्छ भन्ने मान्यता छोडेर लोकतान्त्रिक भन्नेहरुको पार्टी प्रचण्ड पथमा गयो । कब्जाको बाटोमा गयो ।’ भनेका थिए ।

यसबारे जवाफ दिँदै प्रवक्ता शर्माले भनेका छन्- ‘ताज्जुब लाग्छ तपाईंकै शैलीमा मलाई अचम्म लाग्छ,’ शर्माले भनेका छन्, ‘हिजो प्रचण्डसँग पार्टीकै एकता निकै गौरवसँग गर्नुभएको थियो, आज मुद्दामा मात्रै कांग्रेसका कुरा प्रचण्डसँग मिल्दा ए प्रचण्डपथमा पो लाग्यो? सौ चुहे खा के बिल्ली चली हज को भन्ने कहावत यहाँकै लागि रहेछ नि प्रधानमन्त्रीज्यू ।’

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार