प्रतिनिधिसभा विघटनविरूद्धका रिटमा आजदेखि सुनुवाइ

२०७८ जेष्ठ १३ बिहीबार, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेका रिट निवेदनमा आजदेखि सुनुवाइ हुने भएको छ । विघटनकै विषयलाई लिएर दर्ता भएका ३० रिटमध्ये आज १९ वटा रिटको सुनुवाइ हुन लागेको हो ।

संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने भोलि (शुक्रबार)का लागि पेशी तोकिएको छ । अन्तरिम आदेश माग गरिएका १९ रिटमाथि आज सुनुवाइ हुने सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए । उनका अनुसार संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ निवेदनको पेशी शुक्रबारका लागि तोकिएको छ ।

सर्वोच्च अदालतमा प्रतिनिधिसभालाई पुनःस्थापना गर्नुपर्ने माग गर्दै २६ तथा केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्ति गर्नुपर्ने र तोकिएका समयमा निर्वाचन गर्नुपर्ने विषयमा चार रिट निवेदन दर्ता भएका छन् । प्रतिनिधिसभा १४६ सदस्यसहितका रिट निवेदनले संसद् पुनःस्थापना गर्नुपर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरेका छन् ।

त्यसैगरि प्रतिनिधिसभामा आफ्नो बहुमतको आधार पेश गरेका प्रधानमन्त्री ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग राखी अधिवक्ता धनजीत बस्नेत, कृष्ण भण्डारी, राजाराम घिमिरेलगायतले छुटाछुटै चार रिट निवेदन सोमबार दर्ता गराएका हुन् ।

2
फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार