एटली कुमारसँग शाहरुख खान

२०७८ जेष्ठ १३ बिहीबार, काठमाडौं । भारतीय अभिनेता शाहरुख खान र दक्षिण भारतीय चलचित्र निर्देशक एटली कुमारले एक साथ काम गर्ने चर्चा पुनः चलेको छ ।

अघिल्लो महीना लकडाउन हुनु अगाडि कुमार मुम्बई आएका थिए । मुम्बईमा उनले शाहरुख खानलाई भेटे । चलचित्रको फाइनल स्क्रिप्ट दिए, र चेन्नाइ फर्किए । भेटको विषयमा धेरै जानकारी सार्वजनिक भएको छैन ।

तर भारतीय सञ्चारमाध्यममा यी दुईको ‘टिमअप’ अघि बढेको चर्चा चल्न थालेको छ । यदि सबै विषय मिल्दै गएमा २०२१ को अन्त्यतिर चलचित्र फ्लोरमा जाने छ । अक्टोबर २०१९ मा पहिलो पटक यो चलचित्रको चर्चा सुरु भएको थियो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार