पार्टी एकतालाई जोगाउन अन्तिम क्षणसम्म प्रयत्न रहनेछः गोकर्ण विष्ट

२०७८ जेष्ठ १३ बिहीबार, काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टी एकतालाई जोगाउन अन्तिम क्षणसम्म पनि इमान्दार प्रयत्न गर्ने बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काएर मात्रै एकता जोगिने दाबी गर्नुभएको छ ।

विष्टको सन्दर्भमा विभिन्न चर्चा बाहिर भएपछि उहाँले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै जेठ २ को बटमलाइन अघि सार्नुभएको छ ।

विष्टले पछिल्लो समयमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र मुद्दा मामिला गर्ने सन्दर्भमा माधव नेपाल पक्षमा हस्ताक्षर गर्नुभएको छ तर हिजो नेपाल पक्षबाट जारी संयुक्त वक्तव्यमा भने उहाँको नाम छ ।

उहाँले लेख्नुभएको छ,‘ नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ । राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्दछ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार