थप ७२२६ जना कोरोनामुक्त‚ ६९३९ मा संक्रमण‚ १०६ को मृत्यु

२०७८ जेष्ठ १३ बिहीबार, काठमाडौं । पछिल्लो २४ घण्टायता देशभर ७ हजार २२६ संक्रमित निको भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या संख्या ४ लाख १८ हजार ८२९ पुगेको छ ।

बिहीबार नयाँ कोरोना संक्रमितको भन्दा संक्रमणमुक्त हुनेको संख्या धेरै भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९३९ जनालाई संक्रमण पुष्टि भएको छ भने छ भने हालसम्म नेपालमा ५ लाख ४२ हजार २५६ जनालाई संक्रमण पुष्टि भएको छ ।

यसैगरी थप १०६ संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म ६ हजार ९५१ जनाको मृत्यु भएको छ । त्यस्तै अहिले १ लाख १६ हजार ४७६ जना संक्रमित आइसोलेसनमा छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार