‘अब खाद्य र साल्ट ट्रेडिङले घरमै ल्याइदिन्छ खाद्यान्न, यी नम्बरमा फोन गर्नुहोस्’ (सार्वजनिक सूचनासहित)

२०७८ जेष्ठ १३ बिहीबार, काठमाडौं । काठमाडौं उपत्यकामा अब फोन गरेकै भरमा घर घरमै खाद्यान्न आइपुग्ने व्यवस्था भएको छ । उपत्यकामा किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णय गरेसँगै वैकल्पिक व्यवस्था गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय (जिप्रका), काठमाडाैंले आज सार्वजनिक सूचना जारी गर्दै नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले घर घरमा खाद्यान्न पुर्याउने जानकारी दिएको छ । फोन गरे खाद्य सामाग्री घरमै आइपुग्ने सार्वजनिक सूचनामा उल्लेख छ ।

’कतै खाद्यान्न वस्तुको अभाव भई खरिद गर्नुपर्ने अत्यावश्यक भएमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका तर्फबाट मोबाइल गाडीमार्फत स्थानीय तहको समन्वयमा स्थानीय स्तरमै खाद्यान्न खरिद विक्रिको व्यवस्था मिलाइएको’, जारी सूचनामा भनिएको छ ’खाद्यान्न सम्बन्धी जुनसुकै समस्या भएमा निम्नानुसारका सम्पर्क व्यक्तिहरुसँग सम्पर्क गर्नुहुन सबैमा अनुरोध छ ।’

किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णय गरेसँगै अहिले सरकारको चौतर्फी आलोचना भइरहेको छ । यसैलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले खाद्यन्न घर घरमा लैजाने व्यवस्था गरेको बताइएको छ ।

kathmandu_aZFHrSdXwM.jpg

 

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार