खोप जुटाउन सक्रिय बन्दै राष्ट्रपतिः बेलायतकी महारानीलाई पठाइन् पत्र

२०७८ जेष्ठ १७ साेमबार, काठमाडौं । कोभिडविरुद्धको खोप कुटनीतिमा सक्रिय बनाएकी राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानी एलिजाबेथ द्वितीयालाई पनि पत्र पठाएकी छन् । कोरोनाविरुद्ध सबैभन्दा पहिले खोप उत्पादन गरेको रुसका राष्ट्रपतिलाई पत्र पठाएलगत्तै बेलायतकी महारानीलाई पनि राष्ट्रपतिको पत्र पुगेको हो ।

कोभिड-१९ विरुद्धको खोप सहायता उपलब्ध गराउन आग्रहसहित बेलायतकी महारानी एलिजाबेथ द्वितीयालाई पठाएको पत्र त्यहाँको विदेश मन्त्रालयमा पुगेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ । उनले यसअघि रुसी राष्ट्रपति पुटिनलाई कूटनीतिक च्यानलबाट पठाएको पत्रमा रुसले उत्पादन गरेको स्पुतनिक–५ खोप सहयोगस्वरुप उपलब्ध गराउन आग्रह गरेकी थिइन् ।

यस्तै राष्ट्रपतिले अमेरिकी समकक्षी जो बाइडेन र भारतीय समकक्षी रामनाथ कोविन्दलाई पनि पत्र लेखिसकेकी छन् । यसअघि बेलायतले नेपाललाई कोरोना भाइरसविरुद्धको २० लाख डोज दिने जनाएको थियो । तर अहिलेसम्म उक्त खोप आइसकेको छैन ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार