यस वर्षको एसईई पनि आन्तरिक मूल्यांकनबाटै

२०७८ जेष्ठ १८ मङ्गलबार, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि आन्तरिक मूल्याङ्कनबाट हुने भएको छ । सोमबार साँझा बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो वर्षजस्तै यसपालि पनि आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

यो निर्णयअनुसार विद्यालयहरुले गरेको आन्तरिक मूल्याङ्कनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ । विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारेर सार्वजनिक गर्नेछ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार