काठमाडौंमा निषेधज्ञा थप्ने तयारी, पसल खोल्न पाउने-नपाउनेबारे हुँदैछ यस्तो निर्णय

२०७८ जेष्ठ १८ मङ्गलबार, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एकसाता बढाउने तयारी भएको छ । कोरोना भाइरस संक्रमणमा उल्लेखनीय कमी नआएकाले थप एकहप्ता निशेधाज्ञा थप्ने अवस्था आएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कालीप्रसाद पराजुलीले बताउनुभयो ।

अझै केही समय परिस्थितिलाई हेर्नुपर्ने भएकाले निशेधाज्ञा थपिने उहाँको भनाइ छ ।

यसैबीच, आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरुको बैठक बस्दै छ । सो बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गर्ने तर खाद्य तथा किराना पसल खुलाउन दिने तयारी रहेको प्रजिअ पराजुलीले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार