६०८५ संक्रमित थपिए, मृत्यु कति?

२०७८ जेष्ठ १८ मङ्गलबार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ। यस्तै ६८९८ जना निको भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो। सोही अवधिमा ६८ जनाको मृत्यु भएको छ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७४५४ पुगेको छ भने संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ ।

यस्तै निको हुनेको कुल संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ । हाल देशभर १ लाख ४ हजार ७८९ सक्रिय संक्रमित रहेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार