थप ७२१९ जना कोरोनामुक्त, ५३१६ मा संक्रमण, १०१ को मृत्यु

२०७८ जेष्ठ १९ बुधबार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप आज ७ हजार २१९ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमुणमुक्त हुनेको कुल संख्या ४ लाख ६१ हजार ५६३ पुगेको छ ।

त्यस्तै बुधबार ५ हजार ३१६ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

देशभरका प्रयोगशालामा १३ हजार ८०५ जनाको पिसिआर र ३ हजार ७३ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमा ५ हजार ५२४ जना र एन्टीजेटमाफर्त ७९२ जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर एक लाख १ हजार ९९३ जना संक्रमित रहेकोमा संस्थागत आइसोलेसनमा ६ हजार ८६२ जना र होम आइसोलेसनमा ९५ हजार १३१ जना संक्रमित रहेका छन्ख।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १०१ जना संक्रमितको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार