अनुदानको स्वास्थ्य सामग्री लिंदै स्वास्थ्यमन्त्री त्रिपाठीले भने- अब दीर्घकालसम्म अक्सिजन अभाव हुँदैन

२०७८ जेष्ठ २० बिहीबार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले अब अक्सिजनको अभाव नहुने दाबी गरेका छन् ।

फ्रान्स सरकारले नेपाल सरकारलाई दिएको स्वास्थ्य सामग्री बुझ्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगेका मन्त्री त्रिपाठीले कोरोनाकोआउँदो लहरका लागि मात्रै नभएर दीर्घकालका लागि अक्सिजनको बन्दोबस्त गरेको दाबी गरेका हुन् ।

फ्रान्स सरकारले नेपाललाई एफएफपी २ मास्क ५ लाख ४ हजार थान, २० हजार २२५ थान एन्टीजेन किट, प्रोटेक्सन चश्मा १२ थानलगायतका सामग्री सहयोग गरेको छ ।

उक्त सामग्री विमानस्थलमा बुधबार नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइस जेभियरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरे ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार