६ महिने शिशुको घाँटीमा लिचीको दाना अड्किदा मृत्यु

२०७८ जेष्ठ २० बिहीबार, काठमाडौं । कञ्चनपुरमा लिचीको दाना घाँटीमा अड्किदा ६ महिने शिशुको मत्यु भएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ५ सुकासालका भूपेन्द्र चन्दका ६ महिनाको छोरा वीरेन्द्र चन्दको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो घाँटीमा लिचीको दाना अड्एिपछि महाकाली अस्पताल लगिएका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवः प्रहरी नायव उपरीक्षक अमर थापाले बताए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार