विवादबीच प्रधानन्यायाधीश जबराले बोलाए ‘फुल कोर्ट’

२०७८ जेष्ठ २१ शुक्रबार, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका छन् । प्रधानन्यायाधीश जबराले आजका लागि ‘फुल कोर्ट’को बैठक बोलाएका हुन् ।

इजलास गठन सम्बन्धी नियमावली संशोधन र सर्वोच्चको सेवा विस्तार लगायतका विषयमा छलफल गर्न ‘फुल कोर्ट’को बैठक बोलाइएको सर्वोच्च स्रोतको भनाई छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्धा चलिरहेको बेला बोलाइएको ‘फुल कोर्ट’ लाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघि संवैधनिक इजालसमा तोकिएका दुई जना न्यायाधीश अलग भएपछि जेठ १८ गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले २३ गते अर्को इजलास तोकेका छन् । न्यायाधीशहरू तेजबहादुर केसी र बमकुमार श्रेष्ठले यसअघिको मुद्दामा गरेको फैसला तथा पुनरावलोकनसम्बन्धी आदेशका कारण कानुन व्यवसायीहरूले आइतबार प्रश्न उठाएका थिए ।

तर केसी र श्रेष्ठले मंगलबारको संवैधानिक इजलासमा आफूहरुले इजलासमा बस्नु नपर्ने कारण नरहेको राय दिएका थिए । सोही इजलासमा न्यायाधीशद्वय दीपक कार्की र आनन्दमोहन भट्टराईले इजलासमा बस्न नसक्ने घोषणा गरेका थिए । प्रतिनिधिसभा विघटनको मुद्दामा निष्पक्षता र तटस्थताबारे चौतर्फी प्रश्न उठेपछि प्रधानन्यायाधीश जबराले वरिष्ठताक्रमका आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार