नेपाल समूहका ४ नेताको पत्र- ‘ केपी ओलीको जालमा नफसौँ, नयाँ राजनीतिक बाटो तय गरौं’

नेकपा एमालेका नेता माधवकुमार नेपाल निकट चार नेताले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई सत्तामा राखी रहने गरी कुनै पनि हालतमा सम्झौता गर्न नहुने बताएका छन् । नेता झलनाथ खनाल र नेपाललाई सम्बोधन गर्दै लेखिएको पत्रमा जगन्नाथ खतिवडा, विजय पौडेल, प्रकाश ज्वाला र राजेन्द्र राईले यस्तो बताएका हुन् ।

सहमतिका लागि भन्दै ओलीले चालेको पछिल्लो चालबाजी सर्वोच्च अदालतबाट मुद्दा फिर्ता गराउनु मात्रै भएको उनीहरुको निष्कर्ष छ । सहमतिका लागि भनेर बनाइएको कार्यदलका संयोजक सहितलाई कारबाही गरिसकिएको अवस्थामा अझै वार्ता गर्ने भन्दै अल्झिरहनुमा कुनै अर्थ नहुने पत्रमा ठहर गरिएको छ ।

पार्टीमा विद्रोह गर्न हजारौ कार्यकर्ता तयार भएको बेलामा त्यसलाई तुहाइदिने काम ग¥यो भने नेताप्रतिको विश्वास नरहने पनि उनीहरुले चेतावनी छ । वार्ता गर्ने कार्यदलको औचित्य समाप्त भइसकेको निष्कर्ष निकाल्दै उनीहरुले वार्ताको नाममा अलमलिने कामलाई तत्काल बन्द गर्न आग्रह गरेका छन् ।

‘नयाँ आधारमा नयाँ राजनीतिक बाटो तय गरौं र देशलाई प्रतिगमन, राष्ट्रघात, फिजीकरण गर्ने गुरुयोजनालाई परास्त गर्न लागौँ,’ उनीहरुको आह्वान छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार