जनमोर्चाद्धारा प्रदेशसभा सदस्यबाट हटाईएका कृष्ण थापा सर्वोच्चमा

२०७८ जेष्ठ २१ शुक्रबार, काठमाडौं । गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले अन्तरिम आदेशबाट पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको छ ।

आफूलाई असंवैधानिक तरिकाले कारवाही गरेको भन्दै थापाले रिट दर्ता गराउनु भएको हो । उहाको रिटमाथि प्रारम्भिक सुनुवाइका लागि पर्सीकोे लागी पेसी तोकिएको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले बताउनु भएको छ ।

थापालाई पार्टी निर्णयविपरीत एमालेलाई साथ दिएको भन्दै पार्टीले कारवाही गरी प्रदेशसभा सदस्यबाट पदमुक्त गराएको थियो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार