विपक्षी गठबन्धनले भन्यो- राष्ट्रघाती निर्णय तत्काल खारेज गरियोस्

२०७८ जेष्ठ २३ आइतबार, काठमाडौं । विपक्षी गठबन्धनले राष्ट्रघाती र जनघाती निर्णय खारेज गर्न माग गरेको छ । ढुंगा, गिट्टी र बालुवा निकासी गर्न चुरे क्षेत्र लगायतको उत्खनन् गर्ने निर्णय तत्काल खारेज गर्न माग गरेको हो ।

संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनले बजेटमार्फत् ल्याइएको उक्त घोषणाले तराई क्षेत्रलाई मरूभूमिकरण गर्ने बताएको छ । बजेटको घोषणाले त्यहाँका जनतालाई बाढी, डुबान र पानीको श्रोत सुक्ने समस्यामा पार्दै जनजीवनलाई जोखिमयुक्त बनाउने ठहर छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेको तर्फबाट वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेलले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

यस्तै, गठबन्धनले प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहँदा प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद पुनर्गठन गरी संवैधानिक तथा लोकतान्त्रिक मूल्य र मान्यताको उपहास गरेको बताएको छ ।

  • हेर्नुहोस् संयुक्त विज्ञप्ति :-

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार