मुद्दामा प्रवेश नै नगरी सकियो पहिलो दिनको बहस

२०७८ जेष्ठ २३ आइतबार, काठमाडौं । प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनका सन्दर्भमा परेका ३० वटा रिटहरूमाथिको सुनुवाइका लागि गठन भएको नयाँ इजलासमा विषय प्रवेश नै नगरी पहिलो दिनको सुनुवाइ सकिएको छ ।

न्यायाधीशहरुको वरिष्ठताका आधारमा गठन गरिएको संवैधानिक इजलासमा महान्यायाधिवक्ता र सरकार पक्षका वकिलको आपत्तिका कारण विषयप्रवेश नै नगरी बहस सकिएको हो ।

इजलासमा रहेका न्यायाधीशहरू दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईको सन्दर्भमा सरकारी पक्षले प्रश्न उठाएपछि मुद्दामा प्रवेश नै हुन नपाई सुनुवाइ सकिएको हो ।

इजलास शुरु हुनासाथ सरकार पक्षका चार वकिलले ११ जना न्यायाधीशमाथि विभिन्न प्रश्न उठाउँदै संवैधानिक इजलासमा बस्न नमिल्ने निवेदन दिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले इजलासका विषयमा अनावश्यक किचलो गरे मानहानीको मुद्दा चलाउने चेतावनी दिएका थिए ।

दिनभरिजसो यसै विषयमा बहस भएको थियो ।

चिया खाजापछि पनि सरकार पक्षकै वकिलले बोल्न खोजेपछि न्यायाधीशहरुले रिट निवेदक पक्षका न्यायाधीशलाई बोल्न समय दिएका थिए । रिट निवेदक शेरबहादुर देउवा पक्षका वकिलले भने सरकारी पक्षले न्यायपालिका विघटन गर्न खोजेको आरोप लगाए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार