पार्टी एकताका लागि ओलीकाे प्रस्ताव: २०७५ जेठ ३ काे अवस्थाबाट पार्टी अघि बढाउन तयार

२०७८ जेष्ठ २४ साेमबार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकीकरणका लागि नयाँ प्रस्ताब गरेका छन् । ६ बुँदे आह्वान गर्दै उनले २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट पार्टी अघि बढाउन तयार रहेको र यसअघि भएका कमी कमजोरीप्रति कसैलाई पनि कारबाही नगर्ने उल्लेख गरेका छन् । यस्तै कसैप्रति पूर्वाग्रह र भेदभाव पनि नराखिने उनले उल्लेख गरेका छन् ।

‘नेकपा एमालेलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अघि बढाइने छ’,विज्ञप्तिको पहिलो बुँदामा भनिएको छ-‘एमालेको केन्द्रीय कमिटिका सदस्इहरुमध्येएकताको पक्षमा उभिएकाहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुनेछन् ।’

मातहतका पार्टी कमिटी र जनसंगठनहरु मूलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशिल हुने उनले बताएका छन् ।

विज्ञप्तिमा ओलीले आफ्नो दलका अध्यक्षलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बन्ने प्रस्ताबमा गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राखेका छन् ।

एमालेभित्रको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टी एक बनाएर लैजाने भए २०७५ साल जेठ २ गतेको अवस्थामा पार्टी संरचनालाई गतिशिल बनाउनुपर्ने माग गर्दै आएको थियो ।

याे प्रस्ताबसँगै एमाले एक हुने सम्भावना बढेकाे आँकलन गरिएको छ ।

 

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार