ओलीको वक्तव्यले एमाले मिल्न सक्दैन : रामकुमारी झाँक्री

२०७८ जेष्ठ २४ साेमबार, काठमाडौं । एमालेको माधवकुमार नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले वक्तव्य निकाल्दैमा पार्टी मिल्न नसक्ने बताएकी छन् । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीलाई २०७५ जेठ ३ अघिकै अवस्थामा फर्काउन तयार रहेको भन्दै ६ बुँदे वक्तव्य निकालेपछि झाँक्रीले यस्तो बताएकी हुन् ।

नेपाल समूहमा ओलीकी सबैभन्दा कठोर आलोचक उनले सुरुमा वक्तव्य पढ्दा खुसी लागे पनि यसलाई एक पक्षीय भनेकी छन् । ‘अध्यक्ष क. खड्ग प्रसाद ओलीको नामबाट आएको वक्तव्य पढ्न पाइयो । सुरूमा यो वक्तव्य देखेर म पनि खुसी भएँ । उत्साहित हुँदै पढें,’ उनले भनेकी छन्, ‘पढ्दै जाँदा लाग्यो पार्टीको एकता खास उद्धेश्यका लागि थियो र एकता भंग पनि खास उद्धेश्य पूरा गर्न योजनागत ढंगले गरिएको कुरा दिनको घाम जस्तै छ ।’

उनले वक्तव्यलाई झुक्याउन, अल्मल्याउन र मिडिया कन्जम्सन भनेकी छन् । ‘अझ गम्भीर कुरा त के छ भने बुदा नं. ४ मा अदालतमा दिएको हस्ताक्षर फिर्ता गरिनेछ भनिएको छ । यो कसले फिर्ता लिने ? फिर्ता लिने पक्षसँग यो वक्तव्य जारी गर्न सहमति वा संवाद आवश्यक पर्ने होइन र ?,’ उनले सोधेकी छन्, ‘लोकतन्त्रको रक्षाका लागि संविधानलाई क्रियाशील गराउन, संसद पुनःस्थापना गर्न हामी अदालतको ढोका ढक्ढकाउन पुगेका थियौँ । हामीहरूले यसको सुनिश्चितताबिना हस्ताक्षर फिर्ता लिने भन्ने प्रश्न नै आउँदैन ।’

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार