थप ५७४८ जना कोरोनामुक्त, ४३४४ मा संक्रमण, ८१ को मृत्यु

२०७८ जेष्ठ २५ बुधबार, काठमाडौं । पछिल्लो २४ घण्टायता देशभर ५ हजार ७४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुने दर ८५ दशमलव २ प्रतिशत पुगेको छ ।

त्यस्तै बुधबार ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरका प्रयोगशालामा १२ हजार ७४ जनाको पिसिआर र ४ हजार ५६८ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ४४९ जना र एन्टीजेटमार्फत ८९५ जना संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ८१ जना संक्रमितको मृत्यु भएको छ । योसहित देशभर हालसम्म कुल ८ हजार १७९ संक्रमितको मृत्यु भएको छ ।

हालसम्म नेपालमा ६ लाख १५ हजार ६५२ जनामा संक्रमण देखिएको भने देशभर ८० हजार ३३६ सक्रिय संक्रमित छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार