सर्वोच्चले माग्यो सरकारसँग संसद् विघटन गर्नुको लिखित जवाफ

२०७८ जेष्ठ २५ बुधबार, काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग प्रतिनिधिसभा विघटन गर्नुको लिखित कारण माग गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले सरकारसँग लिखित जवाफ माग गरेको हो ।

विपक्षीले लिखित जवाफ बुझाएपछि असार ९ गतेदेखि यो मुद्दामा निरन्तर सुनुवाइ हुने भएको छ । अरु मुद्दालाई ‘लगाऊ मुद्दा’को रुपमा राखिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार