दीपक मनाङे : राजीनामा कि बर्खास्त ?

२०७८ जेष्ठ २८ शुक्रबार, काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे)को राजीनामा र उनलाई पदमुक्त गरिएको पत्र सार्वजनिक भएको छ । दुवै पत्र सँगसँगै सार्वजनिक भएपछि मनाङे ले पदबाट राजीनामा दिएका हुन् या उनलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बर्खास्त गरेका हुन् भन्ने अन्योल भएको हो ।

बिहीबार मुख्यमन्त्री गुरुङले मनाङेलाई खेलकुद मन्त्री पदबाट बर्खास्त गरेको तथा उनले राजीनामा दिएको भन्ने खबर एकसाथ सार्वजनिक भए । कुन पहिले भन्ने अझै अन्यौल भनिएपनि उनले राजीनामा दिएर हिडेको उनी निकटस्थले बताएका छन् ।

मनाङेले मुख्यमन्त्री पृथ्वीसुब्बाले विश्वासको मत लिने बेला साथ दिन नसकिने भन्दै सम्पर्कविहिन बनेका थिए । मनाङेलाई कास्की प्रहरीले बिहीबार बेलुका लेकसाइडको एक रिसोर्टमा फेला पारेको थियो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार