रसिया र बेल्जियम भिड्दै, डे ब्रुयने खेल्ने सम्भावना कति ?

२०७८ जेष्ठ २९ शनिबार, काठमाडौं । युरोपियन च्याम्पियनसिप (युरोकप) फुटबल प्रतियोगिताअन्तर्गत आज तीन खेल हुँदैछन् ।

पहिलो खेल वेल्स र विट्जरल्यान्डबीच हुँदैछ । यो खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे अजरबैजानको बाकूमा हुनेछ ।
त्यस्तै, अर्को खेल डेनमार्क र फिनल्यान्डबीच हुनेछ । यो खेल डेनमार्कको कोपनहेगनमा हुनेछ ।

त्यसैगरी, अर्को खेल रसिया र बेल्जियमबीच हुनेछ । यो खेल मध्यराति १२ः४५ बजे रसियामा हुँदैछ ।

रसिया र बेल्जियमबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । बेल्जियम स्टार खेलाडीले भरिएको छ भने रसिया घरेलु मैदानमा खेल्दैछ ।

a4eea565729828ec799663b093e13898.jpg

रसियाले टिम गेम खेल्ने गर्छ । यता, बेल्जियमलाई भने केही धक्का लाग्ने सम्भावना देखिएको छ । उसका भरपर्दा खेलाडी केभिन डे ब्रुयने आज खेल्ने वा नखेल्ने भन्ने अन्यौल कायमै रहेको बताइएको छ । स्वास्थ्यमा केही समस्या देखिएकाले उनले आजको खेल गुमाउनसक्ने कतिपय सञ्चारमाध्यहरुले बताएका छन् । कसैले भने उनी खेलका लागि फिट रहेको दाबी गरेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार