२४ घण्टामा ६१ जनाको मृत्यु, ३३८४ संक्रमित

२०७८ जेष्ठ २९ शनिबार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल २३८२ र एन्टीजेन परिक्षणबाट १००२ गरि कुल ३३८४ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा ६ हजार २९५ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८६.९ रहेको मन्त्रालयले जनाएको छ । देशभर अहिले ५५२ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा ८ हजार ५०६ पिसिआर  र ५९८८ नमुना एन्टीजेन परिक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ७१ हजार ३०१ पुगेका छन् । देशभर संस्थागत आइसोलेसनमा ५ हजार ३४८ जना रहेका छन् भने होम आइसोलेसनमा ६५ हजार ९५३ रहेका छन् ।

त्यस्तै अहिले नेपालमा १२०६ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये ३७३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  पछिल्लो २४ घण्टामा ६१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८३६६ पुगेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार