सिन्धुपाल्चोक बाढीः बेपत्ता सातमध्ये १ जनाको शव भेटियो, खोज तथा उद्धार जारी

२०७८ असार २ बुधबार, काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित इन्द्रवती नदिमा आएको बाढीले बेपत्ता भएका ७ जनामध्ये एकको शव भेटिएको छ । हेलम्बु गाउँपालिकाको इन्द्रवती नदीको किनारमा एक जनाको शव फेला परेको हो ।

शव फेला परेको खबर आएपछि स्थानीय प्रहरीलाई त्यहाँ पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका (प्रवक्ता)डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार