२०७७ असार १३ शनिबार, एजेन्सी । म्यानचेस्टर सिटीले इङलिस प्रिमियर लिगको च्याम्पियन लिभरपुललाई ‘गार्ड अफ अनर’ दिने सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले जनाएका छन्।
शुक्रबार लिग च्याम्पियन लिभरपुल र तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीबीच इतिहाद स्टेडियममा खेल हुनेछ। यसअघिको खेलमा चेल्सीले म्यानचेस्टर सिटीलाई हराएसँगै लिभरपुल च्याम्पियन बनिसकेको छ।
‘पक्कै पनि हामी ‘गार्ड अफ अनर’ दिनेछौं।’ ग्वार्डिओलाले भनेका छन्, ‘हामी लिभरपुललाई सम्मान गर्नेछौं जब उनीहरु हाम्रो मैदानमा आउनेछन्। हामी यो गर्न गइरहेका छौं किनभने उनीहरु यसका लागि योग्य छन्।’
अंक तालिकामा ८६ अंक जोडेको लिभरपुल च्याम्पियन बनिसकेको छ भने ६३ अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ। त्यस्तै ५५ अंक जोडेको लेस्टरसिटी तालिकाको तेस्रो स्थानमा छ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’