थुनिएर ताल बनेको तामाकोसी बग्न थाल्यो, सतर्क रहन आग्रह

२०७८ असार ६ आइतबार, काठमाडौं । पहिरोले थुनिएर ताल बनेको तामाकोसीबाट पानी बग्न थालेको छ । नेपाल-चीन सीमानजिकै शुक्रबार रातिदेखि पहिरोका कारण थुनिएको तामाकोसी नदीको सहायक खोला रोङ्सी शनिबार साँझपखबाट बग्न थालेको हो ।

तामाकोशीको बहावमा उल्लेख्य मात्रामा घटेको वा नबढेको हुँदा तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाबाट प्राप्त सूचनाअनुसार नेपाल चीन सीमा क्षेत्रमा भारी वर्षा भएको नेपाल बाढी सूचना केन्द्रले जनाएको छ ।

‘हाल तामाकोशी जलविद्युतको बाँधसमेत खाली गरिएको र चीनमा पहिरो हटाउने कार्य सुरु भएको जानकारी आएकोले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाई राखौँ,’ सूचनामा भनिएको छ ।

जिल्ला प्रशासन कार्यालय दोलखाले पनि तत्काल गम्भीर जोखिम नभएपनि सीमावर्ती क्षेत्र तथा तामाकोशीको तटिय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।

हेर्नुहोस् सूचना :-

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार