काँग्रेस नेता तथा पूर्व राज्यमन्त्री विष्टको निधन

२०७८ असार ६ आइतबार, काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्व राज्यभन्त्री तप्त बहादुर विष्टको निधन भएको छ ।
नेपाली काँग्रेस सुर्खेतका पूर्व जिल्ला सभापति समेत रहनु भएका विष्टलाई झण्डै १० दिन अगाडि उपचारका लागि काठमाडौ ल्याइएको थियो ।

झण्डै ६० बर्षिय विष्टलाई कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको थियो ।

गत २०७४ सालमा काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा उहाँ सूचना तथा संचार राज्यमन्त्री हुनुभएको थियो ।

उहाँ संविधान सभा सदस्य हुनुभएको थियो भने पूर्व जिविस उपसभापति समेत हुनुभएको थियो
सालिन नेताका रुपमा चिनिनु भएका विष्टको असामयीक निधनप्रति उहाँका इष्टमित्र तथा सुवेच्छुक र काँग्रेसका नेता तथा कार्यकर्ताहरुले दुःख व्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार