जारी निशेषाज्ञा तत्काल खोलिहाल्ने अवस्था छैनः सीडीओ कालिप्रसाद पराजुली

२०७८ असार ६ आइतबार, काठमाडौं । कोरोना संक्रमण नियन्त्रणको लागि काठमाडौंमा जारी निशेषाज्ञा तत्काल खोलिहाल्ने अवस्था नरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालिप्रसाद पराजुलीेले बताउनुभएको छ ।

गत वर्ष जस्तै छिट्टै निशेषाज्ञा हटाएपछि फेरि संक्रमण बढ्ने जोखिम भएकाले एकैपटक नभएर विस्तारै खुकुलै पारिदै लगिने तयारीमा उपत्यकाका तीनै जिल्लाका प्रजिअहरु जुटेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो–‘संक्रमण ह्वात्तै घटेको छैन, हामीले अहिले विवेकपुर्ण निर्णय गरेनौ भने फेरि संक्रमण बढ्ने र भयावहको अवस्था आउने अवस्था छ त्यहि कारण सोचेर निर्णय गर्नुपर्ने छ ।’

उद्योग वाणिज्य संघ, व्यापार संघका पदाधिकारीसँग पनि विभिन्न राय सुझाव र सल्लाहहरु लिँदा सबैबाट अहिले एकैपटक खुलाउनुपर्छ भन्ने नभएर क्रमश स्वास्थ्य मापदण्ड पालना गरेर खुलाउनुपर्ने सुझाव आएको पराजुलीले बताउनुभयो ।

अहिले हतारमा खोल्ने पछि फेरि संक्रमण भयावह भयो भने निशेषाज्ञा गर्नुपर्ने हुँदैन त्यसैले अहिलेदेखि नै विचार गरेर निर्णय गर्नुपर्छ भन्ने सबैपक्षबाट सल्लाह आएकाले यस्तो निर्णय गरिएको उहाँले दोहो¥याउनुभयो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार