बराबरीमा रोकिए भेनेजुएला र इक्वेडर

२०७८ असार ७ साेमबार, काठमाडौं । कोपा अमेरिका अन्तर्गत भेनेजुएला र इक्वेडर बराबरीमा रोकिएका छन् । सोमबार बिहान सम्पन्न खेलमा भेनेजुएला र इक्वेडर २-२ गोलको बराबरीमा रोकिएका हुन् ।

भेनेजुएलाले खेलको ९१औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरेको थियो । भेनेजुएलाका लागि एडसन कास्टिलो र रोनाल्ड हेर्नानडेजले एक/एक गोल गरेका थिए । त्यस्तै इक्वेडरका लागि एयीरटन प्रेसियाड़ो र गोन्जालो प्लाटाले एक/एक गोल गरेका थिए ।

यो बराबरीपछि भेनेजुएलाको ३ खेलमा २ अंक भएको छ र समूह ए मा तेस्रो स्थानमा रहेको छ । त्यस्तै इक्वेडरको २ खेलमा एक अंक रहेको छ र चौथो स्थानमा रहेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार