थप ३१३० जना कोरोनामुक्त‚ २२९७ मा संक्रमण‚ ४६ को मृत्यु

२०७८ असार ७ साेमबार, काठमाडौं । पछिल्लो २४ घण्टायता देशभर ३ हजार १३० जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म ५ लाख ५९ हजार ९२८ जना संक्रमित निको भइसकेका छन् ।

नेपाल संक्रमित निको हुने दर ८९ दशमलब ९ प्रतिशत रहेको छ । त्यस्तै २४ घण्टायता २ हजार २९७ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ९०४ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार २९७ जनामा कोराना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार ५८३ जनाको पिसिआर र ४ हजार ३२१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार जना र एन्टीजेटमार्फत ७१३ जना संक्रमित पुष्टि भएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर ४६ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार ७७२ जना संक्रमितको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार