नेपाल टेलिकमको सेवा पुन: नियमित

२०७८ असार ९ बुधबार, काठमाडौं । नेपाल टेलिकम (एनटिसी)को मोबाइल फोन सेवामा आएको समस्या समाधान भएको छ ।

बुधबार बिहानैदेखि अवरुद्ध फोन सेवा भर्खरैबाट सेवा नियमित भएको हो । विहानैदेखि देशभर एनिटीसीका प्रिपेड तथा पोष्टपेड नम्बरमा फोन लागिरहेको थिएन । तर, अहिले मर्मत गरेर समस्या समाधान भएसँगै सेवा सुरु भएको टेलिकमले जनाएको छ ।

मोबाइल सेवामा देखिएको समस्याका कारण सेवाग्राही समस्यामा परेका थिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार