कोपा अमेरिकामा चिलीमाथि पराग्वेको शानदार जित

२०७८ असार ११ शुक्रबार, काठमाडौं । जारी कोपा अमेरिका अन्तर्गत पराग्वेले चिलीमाथि शानदार जित हासिल गरेको छ ।आज बिहान सम्पन्न खेलमा पराग्वेले चिलीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

पराग्वेको जितमा ब्राइयन समुडिओ र मिगुएल अल्मिरोनले एक एक गोल गरेका थिए । योजितसँगै पराग्वे समुह ए बाट क्वाटर फाइनलमा पुगेको छ । पराग्वेको ३ खेलमा ६अंक छ भने अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै चिलीको भने ४ खेलमा ५ अंक रहेको छ र यसअघिनै क्वाटरफाइनलमा पुगिसकेको छ ।

समुह ए बाट अर्जेन्टिना र उरुग्वे पनि क्वाटरफाइनलमा पुगेका छन् भने बोलिभिया प्रतियोगिताबाट एक खेल खेल्नु अघि नै बाहिरिएको छ ।
कोपा अमेरिका अन्तर्गत समुह बि बाट भने आयोजक ब्राजिल र कोलम्बिया क्वाटर फाइनलमा पुगिसकेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार