२४७६ संक्रमित थपिए, २७ जनाको मृत्यु

२०७८ असार ११ शुक्रबार, काठमाडौं । नेपालमा पछिल्लो चौबिस घन्टामा थप २ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा शुक्रबार थप ४२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौँका ३०८, ललितपुरका ७६ तथा भक्तपुरका ४३ जनामा संक्रमण पुष्टि भएको हो।

शुक्रबार देशभर २७ जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९ सय ४५ पुगेको छ।

यस्तै गत चौबिस घन्टामा ५ हजार ४ सय ५५ जना संक्रमित डिस्चार्ज भएका छन्। गत चौबिस घन्टामा ९ हजार ५ सय ८६ पीसीआर तथा ४ हजार ७ सय ६५ एन्टिजेन परीक्षण भएको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार