यी भू-भागमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०७८ असार १२ शनिबार, काठमाडौं । अहिले प्रदेश नम्बर १, २ र बागमती प्रदेशमा पूर्ण बदली रहि बाँकी प्रदेशमा सामान्य बदली रहेको छ । मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभावले वर्षा भइरहेको हो ।

दिउँसो प्रदेश, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ । यी प्रदेशमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले उल्लेख गरेको छ । नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।

 

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार