२०१६ संक्रमित थपिए, ३० जनाको मृत्यु

२०७८ असार १२ शनिबार, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार देशभर ३० जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९ सय ७५ पुगेको छ ।

यस्तै गत २४ घन्टामा ४ हजार ९ सय १४ संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। देशभर हालसम्म ४२ हजार २४ सक्रिय संक्रमित रहेका छन् ।

शनिबार ४ हजार ७ सय ४ जनाको पीसीआर तथा ४ हजार ८ सय ६ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको हो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार