तीनै शर्त पूरा भएपछी लगाए इरानी नेता खामेनीले खोप

२०७८ असार १३ आइतबार, काठमाडौं । इरानी सर्वोच्च नेता अलि हुसेन खामेनीले कोभिडविरुद्धको खोप लगाउन राखेका तीन शर्त पूरा भएपछि खोप लगाएका छन् ।

उनले अमेरिकी र बेलायती खोप नलगाउने, आफ्नो उमेर समूहको पालो नआइ खोप नलगाउने र इरानलेनै विकास गरेको खोप मात्र लगाउने शर्त राखेका थिए । आफ्नै देश इरानले खोप विकास गरि लगाउन थालेपछि खामेनीले आफ्नो उमेर समूहको खोप लगाउने पालोमा मात्र खोप लगाएको तेहरान टाइम्सले खबर लेखेको छ ।

यससँगै इरान खोप उत्पादन गर्ने प्रथम इस्लामिक देश भएको छ । आफ्नै खोप उत्पादन गरेर लगाउने देशहरुमा इरान छैटौँ र मुसलमान विश्वको पहिलो मुलुक भएको तेहरान टाइम्समा उल्लेख गरिएको छ ।

इरानले आफ्नै पुँजी, प्रविधि र प्राविधिकबाट उत्पादन गरेको खोपको नाम ‘कोभिरान बरेकात’ राखेको र यो खोपलाई सर्वोच्च नेता खामेनीले ‘राष्ट्रिय गौरव’ उपमा दिएका छन् । इरानी खोप किन्नलाई एसिया र दक्षिण अमेरिकी ११ देशले इच्छा जाहेर गरेको खबरमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार