उपत्यकासहित विभिन्न स्थानमा ठूलो वर्षा, पठाइयो सतर्कताको सूचना

२०७८ असार १७ बिहीबार, काठमाडौं । देशभर मनसुनी वायुको सक्रिय प्रभावले भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नं १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको हो ।

बागमती प्रदेशअन्तर्गत काठमाडौ उपत्यकामा पनि मध्यरातिदेखि नै ठूलो वर्षा भइरहेको छ । मनसुनी वायुका कारण वर्षा अझै केही दिन जारी रहने भएकाले बाढी तथा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 

पछिल्लो ६ घण्टादेखि भारी वर्षा भइरहेकाले सिन्धुलीका तटीय क्षेत्रमा बाढी तथा डुबानको जोखिम बढेको छ । बाढी पुर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भएकाले जोखिम बढेको जनाएको हो ।

कमला नदी, रानीबास बाढी मापन केन्द्रमा जलसतहले खतरा तह पार गरेकाले धनुषा, सिराहालगायत तल्लो तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा रातीसम्मै सतर्कता अपनाउन आग्रह गरिएको छ । यी क्षेत्रहरुमा चेतावनी जारी गर्नुपर्ने गरी भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार