यी भू-भागमा भारी वर्षा, सौराहामा जोखिम

२०७८ असार १८ शुक्रबार, काठमाडौं । देशभर मनसुनी वायुको सक्रिय प्रभावले भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको हो ।

दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

 

यसैबीच रातभरीको वर्षाले मकवानपुरको पूर्वी राप्ती नदीमा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाले पूर्वी राप्ती नदीमा बाढी आउँदा चितवनको सौराहा आसपासको क्षेत्रमा डुबानको जोखिम बढेको जनाएको हो ।

 

मकवानपुरको पूर्वी राप्ती नदी रजैया बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पुगेकोले सौराहामा डुबान पर्ने जोखिम रहेको छ । बाढीका कारण नदी तटीय क्षेत्र र चितवनको सौराहा आसपासमा सतर्कता अपनाउन पनि बाढी सूचनाले आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार