कोपा अमेरिका: कोलोम्बिया सेमिफाइनलमा, उरुग्वे बाहिरियो

२०७७ असार २० आइतबार, काठमाडौं । कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । आइतबार बिहान सम्पन्न क्वाटरफाइनलको खेलमा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको हो ।

कोलम्बिया र उरुग्वेबीच निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा उरुग्वेका दुई खेलाडीले पेनाल्टी मिस गरेका थिए ।

उरुग्वेका जोस गिमेनेज र माटियास भिनाले पेनाल्टी मिस गरेपछि कोलम्बियाले ४-२ ले खेल जितेको थियो । अब कोलम्बियाले सेमिफाइनलमा अर्जेन्टिना र इक्वेडरबीचको विजेतासँग खेल्ने छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार