यी क्षेत्रमा भारी वर्षाकाे सम्भावना, सतर्कता अपनाउन अपिल

२०७७ असार २० आइतबार, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । तराई भू-भाग नजिकै मनसुनी न्युन चापीय रेखा रहेकोले निरन्तर वर्षा भइरहेको हो ।

अहिले प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा वर्षा भइरहेको छ भने बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको छ । यस्तै प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार