कामभन्दा कुरा धेर, १० वर्षमा पनि कुदेन रेल

२०७७ असार २० आइतबार, काठमाडौं । बथनाह–विराटनगर पारवहन रेलमार्ग निर्माणको काम १० वर्षमा पनि पूरा हुन सकेको छैन । सम्झौता भएको मितिबाट काम सुरु भएको भए हालसम्म उक्त रेलमार्गमा मालबाहक रेल कुदिसक्ने थिए । २०७५ कात्तिकमा जाेगवनीदेखि विराटनगर–१८ बुधनगरसम्म रेल इन्जिनसमेत ल्याएर परीक्षण गरियाे ।  तर, कहिलेसम्म रेलमार्ग निर्माण पूरा कहिले हुन्छ भन्ने टुंगो अझै लागिसकेको छैन । तत्कालिन राष्ट्रपति रामवरण यादवको भारत भ्रमणको समयमा सन् २०१० मै उक्त रेलमार्ग बनाइ दिने सम्झैता गरेको थियो ।

रेल विभागका रेल विभागले उपलब्ध गराएको तथ्यांक अनुसार १८ किलोमिटरको उक्त रेलमार्ग मध्ये १० किलोमिटर निर्माण सम्पन्न भइसकेको छ । बाँकी ८ किलोमिटरमा पनि ८० प्रतिशत काम भएको छ । बथनाहदेखि विराटनगरको कटरी स्टेसनसम्मको निर्माणको काम भएको छ । तर, मालबाहक रेल ल्याउन एकीकृत भन्सार विन्दुसम्मका लागि बनाउनुपर्ने रेल लाइन बनाउने तरखर नै छैन ।

भारतले उक्त रेलमार्ग निर्माणका लागि ठेक्का दिएको पुरानो कम्पनीसँग ठेक्का तोडेकोले हाल काम अघि बढ्न नसकेको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए ।

‘भन्सार विन्दुसम्म रेलमार्ग पुर्याउने भारतीय रेल्वे निर्माण कम्पनीले हामीसँग सुरक्षा माग गरेको थियो,’ निरौलाले भने, ‘हामीले चाहिने जति सुरक्षा पनि उपलब्ध गराउने भनेका थियौं । तर, पुरानो कम्पनीसँग भारत सरकारले ठेक्का नै तोडेको रहेछ ।’

खास गरी रेलमार्ग निर्माणका लागि नेपालले जग्गा र सुरक्षा उपलब्ध गराउनुपर्ने हो । जग्गा अधिग्रहणको काम पनि रेल विभागले गरिसकेको छ । तर, केही स्थानीयले तोकिएको मुआब्जा रकममा चित्त नबुझाएर रेलमार्ग निर्माणमा अवरोध सिर्जना गरेका हुन् । उनीहरुले अदालतमा मुद्दासमेत हालेका छन् ।

‘स्थानीयले अदालतमा मुद्दा हालेको भए पनि अदालतले स्टे अर्डर नगरेकोले काम गर्न रोकिनु पर्ने अवस्था छैन,’ प्रजिअ निरौला भन्छन्, ‘यसले निर्माण कम्पनीलाई पनि काम नगर्न बाहाना मिलेको छ ।’

नेपाल सरकारले स्थानीयको अवरोधलाई देखाउने, भारतीय निर्माण कम्पनीले स्थानीय अवरोधलाई देखाउने, स्थानीयले आफूलाई अन्याय परेको भन्ने र अदालतले उक्त आयोजनाबारे अध्ययन गरेर न्याय सम्पादन नर्गदा रेलमार्ग आयोजना निर्माणको काम नै ढिलो भएको छ ।

रेलमार्ग बने उद्योगको उत्पादन लागत २५ प्रतिशत घट्ने

विराटनगर क्षेत्रमा झण्डै ५ सय ठूला उद्योग सञ्चालनमा छन् । त्यस्तै, साना उद्योगको संख्या यो भन्दा ठूलो छ । यी उद्योगले हाल दक्षिण भारतीय बन्दरगा विशाखापट्टनमबाट रेलमार्गबाट वीरगन्जको सुख्खा बन्दरगाहमा आइपुग्ने सामान फेरी नेपाल हुँदैं ट्रकमा राखेर विराटनगर पुर्याउने गर्दछ ।

यसले उद्योगहरुको उत्पादन लागत बढाएको छ । तर, यो रेलमार्ग बने विशाखापट्टनम, कोलकाता लगायत बन्दरबाहबाट सिधै विराटगरमा उद्योगका लागि चाहिने कच्चा पदार्थ ल्याउन सकिन्छ । यसका लागि उक्त रेलमार्गको एकीकृत भन्सार पोष्ट(र्आसीपी)सम्म पारवहनको सुविधा दिनुपर्ने हुन्छ ।

यसले उद्योगको उत्पादन लागतमा कम्तीमा पनि २५ प्रशित सस्तो बनाउन नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकालले बताए ।

‘यो क्षेत्रका उद्योगका लागि विराटनगर नाकाबाटै सामान आउने र यहाँकै सुख्खा बन्दरगाहबाट विरतण गर्ने व्यवस्था गरिने भने यसले सामानको उत्पादन लागतमा निकै कमी ल्याउने देखिन्छ,’ उनले भने, ‘तर, यो काम निन अघि बढेको छैन । सरकारलाई के कुराले प्रभाव पारिरहेको छ मैले बुझेको छैन ।’

यो पारवहन रेलमार्ग खुले विराटनगरमा पनि वीरगन्जकै जस्ता ठूला उद्योग व्यवसाय स्थापना हुने उनले बताए । वीरगन्ज नाकाबाट कच्चा पदार्थ विराटनगर ल्याउनु पर्दा विराननगरका उद्योगको वस्तु उत्पादन लागत बढी पर्ने गरहेको छ । ‘धेरै मासिनले विराटनगरमा उद्योग लगाएर उद्योग लागत बढाउनु भन्दा वीरगन्ज–पथलैया करिडोरमै उद्योग लगाउने धेरै हुन्छन्,’ उनले भने, ‘यसले गर्दा वीरगन्जको तुलनामा विराटनगरको उद्योगको संख्या कम भएको हो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार