इंग्लिस टीम : उपाधिको आश तर त्रासै त्रास

२०७७ असार २४ बिहीबार, काठमाडौं । युरो २०२० को सेमिफाइनलमा डेनमार्कलाई हराउँदै फाइनल पुग्नु समर्थकका लागि खुसीको कुरा हो । तर धेरैको अनुमानअनुसारकै नतिजा आएपनि खेलमा इंग्लयान्डले आशा गरेजस्तो पकड कायम राख्न भने सकेन । घरेलु मैदान र दर्शकको फाइदामा रहेको इंग्ल्यान्डसँग डेनिस टीमले बहादुरीपूर्ण प्रदर्शन गर्‍यो । अतिरिक्त समयमा इंग्ल्यान्ड भाग्यमानी बन्यो ।

रहिम स्टर्लिङमाथिको फल डेनमार्कलाई महँगो पर्‍यो । यसैकारण पाएको पेनाल्टीमा ह्यारी केनले गोल गरे । उनको प्रहार डेनिस गोलकिपरले बचाएपनि उनले पन्च गरेर रिबाउन्ड भएको बललाई केनले पोस्टको दिशा दिए । भलै, इंग्ल्यान्डलाई यो पेनाल्टी दिने निर्णयको आलोचनाहरू पनि प्रशस्तै भइरहेका छन् ।

डेनमार्कसँगको जितपछि इंग्ल्यान्ड ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा पुग्यो । त्यसो त इंग्ल्यान्डलाई घरेलु मैदानमा सधैं दाबेदार मानिन्छ । इंग्ल्यान्डले पाएकामध्ये धेरैजसो घरेलु मैदानमा नै सम्भव बनाएको छ । त्यसैले यो पटक बलियो इटाली पाखा लगाउन फेरि एकपटक वेम्बलीमा ६० हजार दर्शकमाझ इंग्लिस टीमको प्रदर्शन सम्झनलायक बन्ने विश्वास प्रशिक्षक ग्यारेथ साउथगेटले गरेका छन् ।

England Vs Italy Clash In The Euro 2020 Final But History's Against Southgate - Todayuknews

तर प्रतियोगिताको फाइनलमा इंग्ल्यान्ड दबाबमा हुने पनि हुनेछ । किनभने पहिलोपटक युरोपियन च्याम्पियनसिपको उपाधि उठाउन उसले इटालीको चुनौती पन्छाउनुपर्नेछ, जुन सहज हुने छैन ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार