संक्रमितको संख्या एक करोड नाघ्‍यो

२०७७ असार १४ आइतबार, एजेन्सी ।  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्याले एक करोड नाघेको छ।

अहिलेसम्म दुई सय १५ देश र दुई अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिँदा कोरोना संक्रमण हुनेको संख्या एक करोड नाघेको वल्डओमिटरले जनाएको हो। एक करोड बढीमा कोरोना संक्रमण पुष्टि हुँदा पाँच लाख बढीले ज्यन गुमाएका छन्। कोरोना जित्नेको संख्या भने ५४ लाख बढी रहेको छ।

अहिलेसम्म सबैभन्दा बढी अमेरिकामा २५ लाख ९६ हजार ७७१ जनामा संक्रमण पुष्टि भएको छ। अमेरिकामा मात्र मृत्यु हुनेको संख्या एक लाख २८ हजार १५२ पुगेको छ । त्यसैगरी ब्राजिलमा १३ लाख १५ हजार ९४१ जनामा संक्रमण पुष्टि हुँदा मृत्यु हुनेको संख्या ५७ हजार १०३ छ। त्यसैगरी रुसमा ६ लाख ३४ हजार ४३७ जनामा संक्रमण पुष्टि हुँदा नौ हजार ७३ जनाले ज्यान गुमाएका छन्।

पहिलो पटक कोरोना पुष्टि भएको देश चीनले भने संक्रमणको दर घटाएको छ। अहिले चीन संक्रमण सबैभन्दा फैलिएका देशमध्ये २२ औं नम्बरमा छ। त्यहाँ पछिल्लो २४ घण्टामा १७ जनामा मात्र संक्रमण पुष्टि भएको छ। ३ हजार ५०० जनामा संक्रमण पुष्टि हुँदा चीनमा चार हजार ६३४ जनाले ज्यान गुमाएका छन्।

नेपालमा १२ हजार ७७२ जनामा कोरोना पुष्टि हुँदा मृत्यु हुनेको संख्या २ पुगेको छ। पछिल्लो २४ घण्टामा नेपालमा ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार