शीर्ष स्थानमा उक्लदै रियल म्याड्रिड

२०७७ असार १५ साेमबार, एजेन्सी । स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको रियल म्याड्रिडले दोस्रो स्थानको बार्सिलोनासँग दुई अंकको अग्रता लिएको छ। रियलले आइतबार राति भएको खेलमा अंक तालिकाको पुछारमा रहेको इस्प्यान्योललाई १-० गोलले पराजित गर्दै शीर्ष स्थानमा कब्जा जमाएको हो।

रियलको जितमा कासेमिरोले निर्णायक गोल गरे। उनले खेलको ४५ मिनेटमा करिम बेन्जिमाले उपलब्ध गराएको पासमा गोल गरेका थिए। खेलमा इस्प्यान्योलले पनि गोल गर्ने अवसर पाएको थियो। तर रियलका गोलकिपर थिबाउट कोर्टोइसले पाँच वटा उत्कृष्ट बचाउ गरेका थिए।

जितसँगै रियलले ३२ खेलबाट ७१ अंक जोडेको छ भने दोस्रो स्थानको बार्सिलोनाको समान खेलबाट ६९ अंक छ। तेस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ५८ अंक छ।

दोस्रो स्थानमा रहेको बार्सिलोनाले बिहीबार तेस्रो स्थानको एट्लेटिकोसँग खेल्दैछ। अब रियललाई उपाधि जित्न ६ जित वा ५ जित र एक बराबरी पर्याप्त छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार