२०७७ असार १५ साेमबार, एजेन्सी । एफए कप अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले न्यु क्यासललाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ। सेन्ट जेम्स पार्क स्टेडियममा भएको खेलमा सिटीले न्यु क्यासलमाथि २-० को जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो।
सिटीको जितमा केभिन डी ब्रुइन र रहिम स्ट्रलिङले १/१ गोल गरे। खेलको ३७ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै ब्रुइनले सिटीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलले अघि रहेको सिटीका लागि स्ट्रलिङले दोस्रो हाफमा अर्को गोल थपे। उनले खेलको ६८ औं मिनेटमा फोडेनको पासमा गोल गर्दा सिटीले २-० को जित निकाल्न पुग्यो।
जितसँगै सिटीले सेमिफाइनलमा आर्सनलसँग खेल्ने छ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’