२०७७ असार १५ साेमबार, एजेन्सी । भारतको जम्मु तथा कश्मीरमा सुरक्षाकर्मीसँगको मुठभेटमा ३ आतंककारीको मृत्यु भएको छ । सोमबार भएको मुठभेटमा परिचय नखुलेका ती आतंककारीको मृत्यु भएको समाचार हिन्दुस्तान टाइम्सले लेखेको छ ।
कश्मीरको दक्षिणी जिल्लामा सुरक्षाकर्मीले गरेको खोजी अपरेशनमा आतंककारीसँग मुठभेट भएको प्रहरीले जनाएको छ । अपरेशनका क्रममा आतंककारी समूहले गोली चलाएपछि जवाफमा सुरक्षाकर्मीले पनि गोली चलाएको हो । बिहान साढे ६ बजेसम्म पनि गोली हानाहान भएको प्रहरीले बताएको छ ।
सो मुठभेटमा एक एके–४७ राइफल र दुई पेस्टोल बरामद भएको भारतीय सेनाले जनाएको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’