टेक्ससमा संक्रमितको संख्या तीव्र रुपमा बढ्दै

२०७७ असार १५ साेमबार, एजेन्सी । अमेरिकाको टेक्ससमा कोरोना संक्रमितको संख्यामा तीव्र वृद्धी भएको छ ।  त्यहाँको गभर्नर गरग एबट्ले ‘यहाँ कोरोना भाइरसले तीव्र र डरलाग्दो रुप लिएको’ बताएका छन्।

उनका अनुसार केही साता यता टेक्ससमा दैनिक दुईदेखि पाँच हजारसम्म नयाँ संक्रमण पुष्टि भएको छ। एबट्ले लकडाउन खुकुलो भएसँगै संक्रमितको संख्या बढेको बताएका हुन्।

अमेरिकामा हालसम्म २५ लाख ४८ हजार ६ सय १७ जनामा संक्रमण देखिएको छ। कोरोना भाइरस संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख २५ हजार ८ सय ३ पुगेको छ।

संक्रमित र संक्रमणकै कारण मर्नेको संख्याको हिसाबले अमेरिका सर्वाधिक प्रभावित देश हो।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार