चिनमा दाेस्राे पटक काेराेना लहर, हेबेईमा फेरी लकडाउन

२०७७ असार १५ साेमबार , एजेन्सी । चीनले राजधानी सहर बेइजिङको निकट रहेको हेबेई प्रान्तमा कोरोना भाइरस (कोभिड-१९) का केही संक्रमण देखिएसँगै कडा किसिमको लकडाउनको घोषणा गरेको छ । यो लकडाउनको कारण करिब चार लाख मानिस प्रभावित हुनेछन् । यो लकडाउन हेबेईको एनशिनमा लगाइएको हो, जुन राजधानीको निकट रहेको स्थान हो ।

गत वर्षको अन्तिममा चीनबाटै कोरोना भाइरसको संक्रमण फैलिएको थियो । यद्यपि त्यसपछि बिस्तारै कोरोना भाइरसको संक्रमितको संख्यामा कमी आएको थियो । कोरोना भाइरसको संक्रमणको दोस्रो लहर फैलिने आशंकाको कारण चिनियाँ अधिकारीहरु अहिले सतर्क भएका छन् । त्यसैले यसलाई गम्भीरताको साथमा लिइएको छ ।

कुनै पनि बाहिरबाट आएको मानिसलाई कुनै भवन, समुदाय र कुनै गाउँमा जाने अनुमति छैन । अधिकारीहरुले नियम पालना नगर्ने मानिसलाई प्रहरीले सजाय दिने चेतावनी दिएका छन् । एनशिन बेइजिङको १५० किलोमिटर दक्षिणमा पर्छ । दुई सातापहिला बेइजिङमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिन थालेसँगै एनशिन काउन्टिमा पनि १८ संक्रमित फेला परेका छन् ।

यो क्षेत्र चीनको अन्य सहरको तुलनामा धेरै भिड हुने क्षेत्र भने होइन । त्यसैले स्थानीय स्वास्थ्य विशेषज्ञहरुले यहाँ संक्रमणको फैलावट रोकिन सक्ने विश्वास लिएका छन् ।

स्रोत : बीबीसी

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार